बलात्कार अभियुक्तलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि आक्रमण
कालीकोट | बैशाख २५, २०८०
कालीकोट: कालीकोटको पलाँता गाउँपालिका ६ मा स्थानीयले ढुङ्गामुढा गर्दा प्रहरीसहित दुई जना घाइते भएका छन् ।
बलात्कार मुद्दामा अदालतबाट कुसर सजाय सुनाइएका फरार अभियुक्त घर आएको जानकारी पाएपछि प्रहरी प्रकाउ गर्न गएको थियो । पलाँता-४ को कयरदेवबाट प्रहरी सहायक निरीक्षक लक्ष्मीरुन्द्र रावलको नेतृत्वमा गएको टोलीमाथि स्थानीयले ढुङ्गामुढा गर्दा प्रहरी सहायक निरीक्षक रावल र प्रहरीलाई सहयोग गर्ने वडा-५ का धनमान विक घाइते भएका जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुबराज बमले जानकारी दिनुभयो ।
लुकीछिपी रहेको अवस्थामा प्रहरीले हतकडी लगाउन खोज्दा भेला भएका स्थानीयले ढुङ्गामुढा गर्दा रावलको टाउकोमा र विकको टाउको र खुट्टामा चोट लागेको छ । अभियुक्त हतकडीसहित फरार रहेका प्रहरीले जनाएको छ ।
घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक बमले बताउनुभयो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

